रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु

काठमाडौँ । चाँगुनारायण नगरपालिका ७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा ५५ करोडको लागतमा रग्बी खेलको लागी रङ्गशाला निर्माण गर्न लागिएको हो ।

नेपालमा पनि रग्बी खेलको गुरुयोजनाअनूसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिइएका छन् । रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको बताए । अहिले जग्गा सम्याउने काम धमा धम भइरहेको छ । भक्तपुरलाई खेलकुदको हब बनाउने उद्देश्य रहेको खेलकुद समितिका ध्यक्ष श्रीभक्त कासिछ्वाले बताएका छन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताए । बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ प्रमुख मिश्रले बताएका छन् । ४० हजार दर्शक अटाउने क्षमताको उक्त रङ्गशालाको डिपिआर सम्पन्न भएको बताए । रग्बी खेलको लागी नगरपालिकाले ४० लाख विनियोजन गरेको छ । हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको बताए ।

खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण ५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा ५ रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी गराइएका छन् ।

ताजा अपडेट