दुईसातामा नै बेलिव्रिज निर्माण गरी यातायात सुचारु

काठमाडौं । इच्छाशक्ति भयो भने तोकिएकै समयमा काम सम्पन्न हुन्छ भन्ने कुराको पुष्टि बेत्रावतीको फलाखु खोलाको बेलिव्रिज पुलले स्पष्ट पारिदिएको छ । भदौ १० को भेटेकोशी बाढीले बेत्रावतीको फलाखु खोलामा रहेको पुल बगाएपछि अवरुद्ध रसुवासँगको यातायात मार्ग खुलाउनका लागि पुल बगाएको ४७ पुल निर्माण गरी सवारी आवागमन सहज बनाइएको छ ।
पुरानो पक्की पुल बाढीले बगाएपछि सो स्थानमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याएपछि यातायात सञ्चालन गरिएको छ । यहाँ राखिएको पुल मोडुलर एक्रो ब्रिज भएको बताएको छ । सो स्थानमा नेपाली सेनाले दुई सातामा बेलिब्रिज तयार पारेको हो । जसले रसुवाको उत्तगया गाउँपालिका– ५ र नुवाकोटको विदुर नगरपालिका– १० जोडेको छ ।

लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए । नुवाकोटसहित काठमाडौंसँग पुर्णरूपमा यातायात सम्पर्कविच्छेद भएपछि बाढीबाट विस्थापित र प्रभावितहरूको उद्धार र राहतमा कठिनाइ भएको थियो । यस्तै, त्यहाँका नागरिकहरूले ठूलो सास्ती भोगिरहेको थिए ।