काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेमा मनोनित सदस्यहरु थपिने क्रम जारी छ । केही दिन अगाडि केन्द्रिय सदस्य थपेको एमालेले फेरि केन्द्रीय सदस्यमा १३ जना मनोनीत गरेको छ । शनिबार बसिरहेको स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमाले सचिव महेश बस्नेत जनाकारी दिए ।
उनका अनुसार नेताहरू तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।


Add Comment