अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित नेपाली पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको बताएका छन् । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनीलाई जाँच गर्दा गोली बरामद गरिएको प्रहरीले बताए । नेपाली माथी अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।