२० लाख मूल्यको बिस्कुट बरामद

काठमाडौँ । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको बताइएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

चालक शिशराम गोर्सी कन्टेरनलाई आवश्यक कारबाहीका लागि प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टामा जिम्मा लगाएको जानकारी गराएका छन् ।