किशोरीलाई जबरजस्ती करणी गर्ने गगन पक्राउ

काठमाडौँ । बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गगन कामीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका ४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको बताएको छ ।

बारबर्दिया नगरपालिका ६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् ।

किशोरीमाथी जबरजस्ती करणी गर्ने कामीलाई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलयले जानकारी दिइएका छन् ।