सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोला ५०० ले बढेर १ लाख २ हजार ५०० मा कारोबार भएको छ । पहेँलो धातु हिजो तोलामा १ लाख २ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार तोकीएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ५०० मा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य हिजाको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले बढेर १ हजार ४२० कारोबार भएको महासङ्घले जानकारी दिएका छन् ।

बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी प्रत्यक्ष प्रभाव परेको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १हजार ९८५ डलरको आसपास कारोबार भएको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।