सिन्धुलीको हरिहरपुरगढीमा माओवादी केन्द्रबाट विल बम्जनको दाबेदारी

काठमाडौं । स्थानीय चुनाबको लागी सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट विल बम्जनको दाबेदारी रहेको छ ।

निरन्तर संगठन बिस्तार र सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहेका बम्जन स्थानिय जनसमुदायमा गाउँपालिका लगायत विभिन्न विकासको कार्यमा लागि परेका बम्जन स्थानीय जनसमुदायमा चर्चामा रहेका छन ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट अहिलेको पार्टी अध्यक्ष कार्सङ्ग लामा निर्वाचत भएका थिए। यो वर्ष भने पार्टी सचिव विल बम्जनले दाबी गरेका छन । चुनावको टिकट नेताको आसेपासेले टिके प्रथाबाट भन्दा पनि तल्लो कमिटीबाट सकेसम्म सहमति र त्यो पनि नभए चुनाव गराएर उम्मेदवारको छिनोफानो गर्ने पक्षमा रहेको बताइएको छ।