कुनै पनि हालतमा निर्वाचन नसर्ने : अध्यक्ष प्रचण्ड

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचन कुनै पनि हालतमा नसर्ने अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । नेकपामाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् ।

केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ अध्यक्ष प्रचण्डले भने गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा नभएको बताएका छन् । वैशाख ३० गते नै निर्वाचन हुन्छ प्रचण्डाको दाबी गरेका छन् ।

नेकपामाओवादी केन्द्र द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी भन्ने प्रश्नको जिज्ञासामा भनेका छन् । विप्लब समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत रहेको बताएका छन् ।

संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि गठन भएको आफूहरुको गठबन्धनलाई नै जनताले पुनःसाथ दिने प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।