प्रचण्ड विषालु सर्प भएको केपी ओलीको आरोप

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विषालु सर्प भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । सोमबार सोलुखुम्वु पुगेका ओलीले एमाले प्रवेश गर्ने विभिन्न दलका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।

पार्टी कार्यकर्ताहरुलाई सम्वोधन गर्ने क्रममा ओलीले दाहाल विरुद्ध कडा शब्दमा निन्दा समेत गरे । उनले प्रचण्ड सिद्धिन लागेको भएपनि आफूले नै ५३ सिट पु¥याईदिएर उनको साख जोगाईदिएको बताए ।

सम्वोधन कै क्रममा ओलीले भने,‘ पार्टीकै नेताहरुले प्रचण्ड खतरानक मान्छे हो तपाईंले सर्प पाल्नु हुँदैछ भन्दै थिए। त्यसलाई बेवास्ता गरेर यस्ता सर्पहरुको दाँत फुकाल्न आउँछ भनेको थिएँ। साथीहरुले भने जस्तै प्रचण्डले डस्न थालिहाले।’