गठबन्धनमा महानगर, उपमहानगरको सिट बाँडफाँट

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागी गठबन्धनमा पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले महानगर, उपमहानगरको सिट बाँडफाँट गर्ने भएको छ । नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोसिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।

उनले भने नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ, महानगरको र उपमहानगरको भने आज टुङ्गो लाग्ने बताएका छन् । पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका छन् ।

दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने वर्षमान पुनको भनाइ रहेको छ ।
माओवादी केन्द्र केन्द्रीय प्रचार विभागका सचिव गोविन्द आचार्यले जनताले बुझ्ने गरी सरल भाषामा प्रापकलाई सुनिश्चित गरेर पाउने गरी पठाउनुपर्ने बताएका छन् । राजनीतिक, वैचारिक र नीतिगत उपलब्धिका मुद्दालाई उठाउन पुनले आग्रह गरेका छन् ।

तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर सङ्ख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ रहेको छ । नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थितरूपमा जनस्तरमा पु¥याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।