९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

काठमाडौँ । ललितपुरमा बाल यौन दुव्र्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका ७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे रहेका छन् । उनीलाई बालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षीया बालिकालाई घिमिरेले आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई यौन दुव्र्यहार गर्ने घिमिरेमाथी प्रहरील थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।