बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा शव फेला

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेको छ । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकरी दिइएको छ ।

शुक्रबारदेखि हराइरहेका ढुङ्गानाको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए । उनको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । उनीमाथी भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।