सुनको मूल्य ९८ हजार सात सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक सयले बढेर ९८ हजार ७०० मा तोकिएको छ । अघिल्लो दिन पहेँलो धातु भने तोलामा ९८ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९८ हजार २०० मा कारोबार भएको छ । आइतबार तोलाको ९८ हजार १००मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यको तुलनामा स्थिर रही तोला १ हजार २८५ कायम रहेको महासङ्घले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८७२ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।