बैतडीमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पक्राउ

काठमाडौँ । बैतडी जिल्लामा स्थानीय तहको निर्वाचन आउन केहि समय बाकि हुँदा कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । डिलाशैनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिलाशैनी ५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिइएका छन् ।

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लगाको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।