सुनको मूल्य एक हजारले घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा १ हजारले घटेर ९७ हजारमा तोकिएको छ । पहेंलो धातु भने अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको छ । हिजो यसको मूल्य प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर १ हजार २४५ मा तोकिएको महासङ्घले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८३९ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।