श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या, काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । विमानको बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिइएको छ ।

सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई काठमाडौं फर्काइएको बताएका छन् ।

उक्त विमानमा सवार ८० जना यात्रु रहेको थिए । ति सबै यात्रु सकुशल रहेको एयरलाइन्सले जानकारी दिएको छ ।