बैंकिङ कसूर मुद्दाका फरार रहेका रामराज पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका २ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् ।

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । मंगलबार उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको छ ।

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । नलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।