काठमाडौँ महानगर अपडेट, शाहको अग्रता कायमै

काठमाडौँ । शुक्रबार देशभर सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १८ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् । शाहाले अहिलेसम्म ७ हजार ५३४ मत प्राप्त गरेका छन् ।

यसैगरी, एमालेका केशव स्थापितको ३ हजार ९८२ मत पाएका छन् भने काँग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत प्राप्त गरेकी छन् ।