गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको अग्रता कायमै

काठमाडौँ । वैशाख ३० मा देशभर सम्पन्न भएको स्थानय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा एमालेलाई तिन सयले बढी मतले पछि पार्दै अघि लागेको हो ।

कांग्रेसका दीपक रिसालले ६ हजार २६२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले ५ हजार ८६२ मत पाएका छन् ।

उपप्रमुखमा पनि कांग्रेसकै अग्रता रहेको छ । कांग्रेसकी शान्ति नेपालले ५ हजार ८५२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका सान्नानी लामाले ५हजार ८३६ मत पाउल सफल भएको छ ।