रामेछापको सुनापती गाउँपालिकामा माओवादीको विजय

काठमाडौँ । देश भर सम्पन्न भएको स्थानीय तह निर्वाचनमा रामेछापको सुनापती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले बिजय हाँसिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् । तामाङले नेपाली काँग्रेसका उम्मेदवार कमान खड्कालाई पराजित गरेका छन् ।

अध्यक्षका उम्मेदवार तामाङले पाँच हजार ३९८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खड्काले चार हजार ८५१ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीता विष्ट चौलागाईंले जित हाँसिल गरेकी छिन् । उपाध्यक्षकी उम्मेदवार चौलागाईंले पाँच हजार ३६० मत हाँसिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी शान्ति मोक्तानले पाँच हजार ६८ मत ल्याउन सफल भएकी छन् ।

सुनापतिमा दुवै पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसको बीचमा तिब्र प्रतिस्पर्धा रहेको थियो । उपाध्यक्षमा निर्वाचित विष्टले नेपाली काँग्रेसकी उम्मेदवार शान्ति मोक्तानललाई पराजित गरिन् । नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जन प्रतिस्पर्धामा पछाडी परेका छन् ।

माओवादी केन्द्रले सो गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा पनि जित हाँसिल गरेको छ । वडा नम्बर २ को अध्यक्षमा पदम बहादुर थापा निर्वाचित भएका छन् । वडा अध्यक्षमा विजयी भएका थापाले एक हजार ७१ मत ल्याएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वेन बहादुर थापा मगरले ९ सय ८२ मत ल्या सफल भएका छन् ।

नेकपा एमोलका उम्मेदवार पदम बहादुर थापा मगर ११२ मतमा सिमित भएका छन् । सुनापति३ मा माओवादी केन्द्रका कुल बहादुर थिङ र वडा नम्बर ४ मा डण्डुप लामा निर्वाचित भएका छन् । सुनापती गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार ध्रुब चौलागाई निर्वाचित भएका छन् ।