सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ । वैशाख ३० मा देशभर सम्पन्न भएको स्थानीय तह र्विाचनमा सिरहाको दुई नगरमा एमाले विजयी भएका छन् । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएका हुन् । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याउन सफल भएको छ । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भएका छन् ,भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले ८ हजार ५७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल ३ हजर ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले ३ हजर २२३ र नेकपा माओवादीका गङ्गा पासवानले २ हजार ४८२ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ ३ हजार ४८७ मत ल्याएर विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले ३ हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले २ हजार ४५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा एकीकृत समाजवादीले ११ मा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।