मान्छे बेच्‍ने र मालसामान किन्ने देश भयो नेपाल : गगन थापा

काठमाडौं । आज बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सांसद गगन थापाले राष्ट्रिय उद्योगहरुको उत्पादन प्रवद्र्धन गर्ने विशेष योजना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

थापाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा २०७९ देखि २०८९ लाई राष्ट्रिय उत्पादन बढाउने दशकका रुपमा मनाउनुपर्ने बताएका छन् ।

ुनिर्वाचन क्षेत्र केन्द्रित र लोकप्रीय नारामा मात्रै सीमित हुनुहुँदैन । व्यापार घाटा बढ्दो छ । नेपाल मान्छे बेच्‍ने, मालसामान किन्ने देश भएको छ । भान्सामा पाक्ने सबै कुरा सबै विदेशबाट आएको छ । तर, हामी कृषि प्रधान देशका हौं । औद्योगिकीकरण फस्टाउन सकेको छैन राष्ट्रिय उद्योगहरुको उत्पादन प्रवद्र्धन गर्ने विशेष योजना कार्यक्रम चाहियो संसद थापाले माग गरेका छन् ।