काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन र उपप्रमुखमा सुनिताले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र साह र उपप्रमुखमा सुनिता डंगोलले पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराएका छन् ।

साहाले आफूले सपथ ग्रहण गरेपछि उपप्रमुख सुनिता डंगोललाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्षसहित सदस्यले आजै पदबहाली गर्ने भएका छन्।

काठमाडौँ महानगरपालिकाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १ सय ६० जनप्रतिनिधि रहनेछन्।

महानगरको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो। कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन्।

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय भएका छन्।