कुटपिट गरी हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरीमा बस्दै आएका उदयपुर तामिल्छा नगरपालिका ८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २२ वर्षीय सन्तोष महर्जन र २६ वर्षीय अजय नापित रहेका छन् । उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

खत्रीमाथी कुटपिटमा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरेको बताएका छन् । मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल बरामद गरेको प्रहरीले बताएका छन् ।