भोटो जात्राको अवलोकन गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं । ललितपुरको जावलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गरेकी छन् । भण्डारीले जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो देखाउने जात्राको अवलोकन गरेकी हुन् ।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियो। यसको चौँथो दिन परम्पराअनुसार जात्राको अन्तिम दिन आज भोटो देखाइएको हो।

भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ। भोटो जात्राको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोटो देखाउने जात्रामा राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।