सोमालियामा लामो समयदेखि खडेरी, खाद्यान्नको अभाव

काठमाडौँ । सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको छ ।

खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका छन् । जसका कारण यहाँका बालबालिकमा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने खत्ररा देखिएको छ ।

सोमालियामा खाद्यान्न लगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्धारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ ।

यो अवस्थाका बारेमा सोमालियाली सरकार र राष्ट्रसंघीय अधिकारीहरुले शनिबार जानकारी गराएका हुन् । उनीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरुले बताएका छन् ।