अवैध लागूऔषध सहित दुईजान पक्राउ

काठमाडौँ । दाङ घोराही उपमहानगरपालिका १५ शान्तिनगरस्थित सुग्रिम होटल एन्ड फास्ट फुट होटलबाट अवैध लागूऔषध सहित दुईजान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १६ बस्ने ३० वर्षीय रमेश पुनमगर र रुकुम पूर्व उत्तरगंगा गाउँपालिका ७ बस्ने २० वर्षीय बिशाल बुढामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करिब २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।

उक्त होटलमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले बिशालको साथबाट ९ सय १० मिलिग्राम र रमेशको साथबाट १ ग्राम १ सय २० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ छ ।