रेष्टुरेन्टमा जबरजस्ती करणी गर्ने केसी पक्राउ

काठमाडौँ । रेष्टुरेन्टमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेका अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका–६ च्यामा घर भएका १९ वर्षीय जिवन केसी रहेका छन् ।

उनले महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गएराति प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१ हात्तीसारस्थित रेष्टुरेन्टमा वेटर काम गर्ने जिवनले ती महिलालाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेका थिए । सुचना पाएलगत्तै प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।