राष्ट्रिय स्वतन्त्र पार्टी को घोषणा, प्रस्तावित चुनाव चिह्न घण्टी

काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणको घोषणा गरेका हुन् । स्वतन्त्र पार्टीको प्रारम्भिक कमिटीमा २१ जना सदस्य रहेको बताउदै उनले आप्नो पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी भएको बताएका छन् ।

लामिछानेले भनेका छन्, अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ । यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा राइट टु रिकलुको व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए । उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ’’, लामिछानेले भन्नुभयो। लामिछानेले स्वतन्त्र ढङ्गले अगाडि बढ्नसक्ने अवस्था रहे पनि देश बदल्नका लागि राजनीतिक दल आवश्यक रहेको भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेका छन् ।

यो देशको जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने बताएका छन् । यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीसँगै अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु’, लामिछानेले भने ।

यो राजनीति बाटो गाह्रो भए पनि असम्भव नभएको उनको भनाइ छ। लामिछानेले आफ्नो चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताएका छन् । उनले दलमा कोही पनि कार्यकर्ता बन्नु नपर्ने तर समर्थक हुन पाउने बताएका छन् । पार्टीमा कुनै पनि भ्रातृ सङ्गठन नहुनेसमेत उनले प्रष्ट पारेका छन् । लामिछानेले क्षमतावान स्वतन्त्रलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गरेका छन् ।