महोत्तरी कारागारमा एक कैदीको मृत्यु

काठमाडौँ । महोत्तरी सदरमुकामको जलेश्वरस्थित कारागारमा आज बिहान एक जान कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएर लडेपछि उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।