दुर्गामन्दिरमा ६२ मिटर लामो पैदलमार्ग

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको दुर्गाभगवती मन्दिरमा जाने नवनिर्मित पैदलमार्ग सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रु चार लाख र उद्योग तथा पर्यटन मन्त्रालयको रु दुई लाख बजेटमा ६२ मिटर लामो नहरसहितको पैदलमार्ग निर्माण भएको हो । रासस