नेशनल साईवर सेक्युरिटी समिट २०२६ सम्पन्न

काठमाडौं । विश्वभर प्रविधिको प्रयोग बढ्दै गईरहेको छ । नेपालमा पनि हरेक कामका लागि प्रविधिको प्रयोग गर्न थालिएको छ । तर बढ्दो प्रविधिको प्रयोगसँग चुनौतीहरु प्नि थपिँदै गएका छन् । साईवर असुरक्षा बढ्दै गईरहेका बेला काठमाडौंमा नेशनल साईवर सेक्युरिटी समिट सम्पन्न भएको छ ।

समिटको राष्ट्रिय योजना आयोगमा सदस्य डा प्रा सुदन झाले गर्नु भएको थियो । समिटको उद्घाटन गर्नु हुँदै आयोगमा सदस्य झाले नेपाल सरकारले अहिले प्रविधिको पहुँच बृद्धिसँगै त्यसको सुरक्षाका लागि आवश्यक पूर्वाधारहरुको तयारी गरिरहेको बताए ।

कार्यक्रममा ग्लोवल साईवर सेक्युरिटी कम्युनिटी फोरमका अध्यक्ष कुमार पुडासैनीले साइवर सुरक्षा अहिले निकै चुनौतीपूर्ण भएकाले समिट गर्नु परेको औल्याएका थिए ।

कार्यक्रममा जापानबाट आउनु भएका साईवर सुरक्षा विज्ञ एवं डब्लुक्यापका निर्देशक नायोमी योसिजावाले प्रविधिको प्रयोग जसरी बढिरहेको छ त्यसैगरी सुरक्षा चुनौती पनि बढ्दै गएको बताउनु भयो ।

कार्यक्रममा साईवर सेक्युरिटीका क्षेत्रमा लामो सयमदेखि काम गर्दै आइरहनु भएका विषय विज्ञहरुले आआफ्नो भनाई राख्नु भएको थियो ।

समिटमा जापान, इण्डोनेशिया, फिलिपिन्स, नेपाल लगायतका देशमा कार्यरत साईवर सेक्युरिटी विज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।