नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर २ हजार ७६.६७ मा ओरालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा झरेको छ ।

कूल २ सय ३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता शेयर ७५ हजार ७ सय ९० पटक कारोबार भएको छ । आजको कूल कारोबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ बराबर भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थान रहन सफल भएको छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २ सय ७१ बराबरको कारोबार गरेको छ । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४ सय २७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २ सय १८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६ सय ५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख ३ हजार १ सय २७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेकाो छ । न्यादी ग्रुप पावर ९.९८, सामलिङ पावर कम्पनी ७.७०, साल्ट टे«डिङ कर्पोरेशन ६.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाएका छन् । ग्लोबल आइएमई बैंकको ऋणपत्र ९.७५, युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावर ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५.९३ र समटि लघुवित्तका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाएका छन् ।