महिलालाई बोक्सीको आरोप लगाई कुटपिट

काठमाडौँ । संखुवासभा, ३४ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा धर्मदेवी नगरपालिका २ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाएको थियो ।

आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको जानकारीका आधारमा प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।