सात राउण्ड गोली सहित राई पक्राउ

काठमाडौँ । ईलाममा सात राउण्ड गोली सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका ९ ढोडे बस्ने ३५ वर्षीय जिवन राई रहेका छन् । उनलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको हुँदा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।