अब नगत रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Deposit सेवाको शुभारम्भ गरेको छ । बैंकले यस नवीन सेवा मार्फत ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने सेवा प्रदान गरेको छ । । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले आप्नो खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था ल्याएको छ ।

नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार सो बैंकले मेसिनबाट रू.१,००० र रू.५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम रू.९९,५०० गरी दैनिक अधिकतम रू.९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको एनआईसी एशिया बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा OTP प्राप्त गर्न सकिने छ । उक्त OTP मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको छ । सो बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने Cash Recycler मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।