कस्को आँट छ सांसद नवराज सिलवाललाई पक्राउ गर्न

काठमाडौं । आईजिपी हुन नपाएपछि राजनीतिमा प्रवेश गरेका पूर्व डिआईजी एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई पक्राउ गर्ने प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई आदेश दिएको छि । माघ ३ गते बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातवटै प्रदेश प्रहरीलाई पत्र लेखेर पक्राउ गर्न निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी निरिक्षक मदन कुँवलेर हस्ताक्षर गरेको पत्रमा सिलवाललाई पक्राउ गर्न आदेश दिएको हो ।
उनलाई मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धा अनुसन्धानको सिलसिलामा यस अघि पनि पक्राउ गर्ने आदेश दिईसकेको थियो ।
प्रहरी महानिरिक्षकका लागि कार्यसम्पादन मुल्यांकन कागज किर्ते गरेको आरोप लगाएर उनलाई पक्राउ गर्ने आदेश दिने प्रहरी प्रधान कार्यालयका सकल दर्जाका प्रहरीहरुले नवराज सिलवाललाई पक्राउ गर्न सक्छन् ।
वर्तमान सरकारले सिलवालाई पक्राउ गरी थुनामा राख्ने अाँट छ ? नेपाल प्रहरीकै एसएसपीलाई जिउँदै मार्ने रेशम चौधरीलाई पक्राउ गर्न नसक्ने वर्तमान सरकारले नवराज सिलवालाई पक्राउ गर्न आदशे दिनु हावादारी गफ भन्दा केही हुन्न ।