शाहीकालिन महिला मन्त्री ३ नं. प्रदेश प्रमुख

काठमाडौं । शेरबहादुर नेतृत्वको काम चलाउ सरकारले सातैवट प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । माघ ३ गते विहीबार बसेको वैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।
जस अनुरुप प्रदेश नं १ को अस्थायी राजधानी विराटनगर, २ को जनकपुर ३ को हेटौडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ नंवर प्रदेशका धनगढी तोकिएको छ ।
त्यसैगरी मन्त्रीपरिषद्को वैठकले प्रदेश प्रमुख पनि तोकेको छ । जसअनुरुप प्रदेश नं १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्गवरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई तोकेको छ ।
राजतन्त्र पक्षधर मानिएको वर्तमान सरकारले शााही कालमा मन्त्री बनेकी अनुराधा कोइरालालाई प्रदेश नंं ३ को प्रमुख तोकेर दुनियाँ हँसाउने काम गरेको छ ।