तीस घण्टा लामो होटल घेराबन्दी अन्त्य, ४० को मृत्यु

काठमाडौँ । सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा अल–शबाब आतङ्ककारीहरूले आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरु जानकारी दिएको छ ।

आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । आक्रामणमा ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको जानकारी गारएको छ ।

अल–कायदा आतङ्ककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ । भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ । भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ ।