“झिङ्गे दाउ” को विशेष प्रदर्शनीमा निर्देशक र कलाकार

काठमाडौँ । फिल्म ‘झिंगेदाउ’को रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार कमलपोखरीस्थित विग मुभिजमा चलचित्र “झिङ्गे दाउ”को विशेष प्रदर्शनी गरेका छन् ।

सो प्रदर्हनीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, रविन्द्र खड्का लगायत प्रिमियरमा उपस्थित रहे । फिल्मका कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा सहभागी भएका थिए ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्म भीमनिधि तिवारीको कथामा आधारित छ ।