नेप्से परिसूचकमा १.०८ अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक १.०८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.०८ अङ्कले ओरालो लागेर १ हजार ९ सय ७२ दशमलव २९ मा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङमा दुई दशमलव १९, व्यापार छ दशमलव ८१, उत्पादन तीन दशमलव ३४, अन्य २८ दशमलव ६३, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक, लगानी शून्य दशमलव ११ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहन सफल भएको छ । सो कम्पनीको रु १२ करोड २७ लाख पाँच हजार छ सय ५६ बराबरको कारोबार गरेको छ । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ करोड ६५ लाख ५४ हजार ७ सय ८१, नेष्डो समृद्धि लघुवित्त ४ करोड ८ड लाख ६५ हजार ५ सय ४०, रिडी हाइड्रोपावर ४ करोड १६ लाख ६३ हजार ७ सय ९७ र अरुण काबेली पावरको रु तीन करोड ८२ लाख ८३ हजार ४ सय ७७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर ६.५८, माहुली लघुवित्त पाँच दशमलव ५८, सप्तकोसी डेभलपमेन्ट बैंक ५.२२ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले कमाएका छन् । भने राप्ती हाइड्रो ४.३८, गणपति लघुवित्त चार दशमलव शून्य एक, मैलुङखोला जलविद्युत् कम्पनी ३.६७, एनआइबीएल समृद्धि फण्ड दोस्रो ३.१३ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले तीन प्रतिशतले गुमाएका छन् ।