नेपाली फिल्म झिँगे दाउ र सम्हालिन्छ कहिले मन’ एकसाथ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आज एकै साथ प्रदर्शन भएको छ । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ । देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’ मा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

चलचित्र कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।

यस्तै, लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् । सोनम तोप्देनले नायकको रुपमा डेब्यू गरेका छन् । एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् ।