अवैध लागूऔषध सहित दुई पक्राउ

काठमाडौँ । बारामा अवैध लागुऔषध सहित दुई जना पक्राउ परेको छ । लागुऔषध सहित पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका १ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित उनीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३ -०१ -००३ क ६९०६ नम्बरको मिनीट्रकलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएका छन् ।