नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताएकी हुन् । ‘‘कुनै पनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरू निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ । यसका लागि सुगठित हुनु पहिलो सर्त हो, भनेकी छन् ।

राष्ट्रपति भण्डारीले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताउदै उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गरेकी छन् । उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामसँग साक्षात्कारबाट पनि हुने बताइन ।

किताब जात्रा यात्राको पाँचौँ संस्करणको अवसरमा राष्ट्रपति भण्डारीद्वारा प्रेम साहित्य सम्मानद्वारा साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेकी छन् । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकाले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाइ छ ।

कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरेका थिए । त्यसैगरी, राष्ट्रपतिले किताब यात्रा बेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरीश गिरीलाई सम्मान गरिन ।