सेल्फी डाँडाबाट देखिएको ढुङग्रेभञ्ज्याङ

काठमाडौँ । सिन्धुलीको वीपी राजमार्ग अवस्थित सेल्फी डाँडाबाट निकै सुन्दर देखिएको ढुङग्रेभञ्ज्याङ । सदरमुकाम सिन्धुलीमाढी बजारबाट नागबेली सडक हुँदै झण्डै पन्ध्र किलोमिटरको दूरी वा ऐतिहासिक सिन्धुलीगढी क्षेत्रबाट दक्षिणतर्फ झण्डै तीन किलोमिटर अगाडि यात्रापछि यहाँ पुगिन्छ ।

राजमार्ग छेउमा रहेको यस ठाउँ प्राकृतिकरुपमा अतिनै सुन्दर छ । चिसो मौसम, हरियाली वातावरण र अर्गानिक खानेकुरामा रम्ने, रमाउनेहरु सबैका लागि यो ठाउँ रोजाइमा पर्ने गरेको छ । रासस