द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

काठमाडौं । युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएको छ । उक्र क्षेत्रमा विस्थापित गरेको युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट १ महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएका छन् ।