नेपाली फिल्म के घर के डेरा’को पोस्टर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर नेपाली फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा, रविन्द्र झा फिचर्डलाई देख्न सकिन्छ । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् ।

एकमा कलाकारहरु आ–आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन र वर्षालाई अनस्क्रिन कपलको रुपमा प्रस्तुत गरिएको छ । तिहारको छेकोमा प्रदर्शन हुन लागेको सो फिल्ममा सहरमा डेरामा बस्नेहरुको संघर्ष र असमानताको कथा पेश गर्ने सोसल ड्रामा जनरामा राखिएको छ ।