अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुग्यो महानगरको डोजर

काठमाडौँ । केही दिनदेखी नक्सा विपरित बनेका संरचनाहरु हटाउदै आएकको काठमाडौं महानगरपालिकाले आज अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ ।

नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो।