आयोगले माग्यो चुनाव घोषणपछिका रकमानान्तरको विवरण

काठमाडौँ । निर्वाचन आयोगले अर्थमन्त्रालयसँग चुनाव घोषणपछिका रकमानान्तरको विवरण माग गरेको छ । आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन जानकनरी गराएको छ ।

अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगको भनाइ छ ।